सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा घरमै पुगेर छाउपडी कुप्रथाबारे जानकारी दिँइदै

२०७६ माघ १०, ०२:५७ प्रकाश सिंह

बाजुरा: देशभरी पछिल्लो समयमा छाउगोठ भत्काउने अभियान चलिरहेको छ। एकातिर धामाधम गोठ भत्काइएका छन भने अर्कोतिर महिलाहरु गोठभन्दा झन असुरक्षित ओडार र पालमा बसोबास गर्ने गरेका छन्।

जिल्लामा एक महिनायता प्रहरी, प्रशासनले छाउगोठ भत्काइरहेका छन् भने महिला कर्मचारीले छाउपछी कुप्रथाका लागि घरघरमा पुगेर चेतना फैलाउदै छन््। गाँउमा पुगेर छाउपडी कुप्रथाका बारेमा चेतना फैलाउने गरेको बडिमालिका नगरपालिका नगरप्रमुखपदम बडुवालले बताए। छाउगोठ मात्र भत्काएर हुदैन्, मनबाट नै गोठ भत्काएमात्र यो सम्भव हुने भएकाले कर्मचारी घर घरमा पुगेर चेतना फैलाउने गरेको उनले बताए।

गोठ भत्काउने अभियान अहिलेमात्र नभइ पहिलापनि चलेको तर प्रथा अन्त्य नभएपछि कुप्रथाका बारेमा चेतना फैलाउन टोलटोलमा पुग्ने गरेको बडिमालिका नगरपालिका महिला शाखामा कार्यरत बिन्दु वडालले बताउँछिन्। गोठ भत्काउनु भन्दापनि समुदायमा चेतना फैलाउनुपर्ने उनले बताईन्। जबसम्म छाउपडी कुप्रथा हो भनेर सचेत नगर्दासम्म गोठ मात्र भत्काएर केही नहुने उनले बताइन। 

जिल्लाभरी प्रहरीले गोठ भत्काउने काम त भइरहेको र त्योसँगै चेतना फैलाउने कामपनि भइरहेको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्याउपानेले बताए। महिलाका क्षेत्रमा काम गर्दै आएकी केशरी रोकायाले भनिन् ‘गोठ भत्काएर छाउपडी अन्त्यहुदैन मनबाट हटाउनु पर्छ।’

बाजुरामा गतवर्ष मात्र गोठमा दुईजना छोरा र आमागरी तिनजनाको ज्यान गएको थियो भने अछाममा एक दशकमा १४ जनाको गोठमा मृत्यु भइसकेको छ। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस