सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका चिनी मिल सरकारले तोके अनुसार उखुको मूल्य दिन सहमत

२०७६ माघ १०, ०२:१५ खबर संवाददाता

कञ्चनपुरका चिनी मिल सरकारले तोके अनुसार उखुको मूल्य दिन सहमत भएका छन्। बेलौरीमा आज बसेको उखु मिल सञ्चालक र उखु उत्पादक हक हित संरक्षण समितिको बैठकबाट सरकारले तोकेअनुसारको मूल्य दिने सहमती गरिएको हो।

उखु उत्पादक हक हित संरक्षण समितिका अध्यक्ष हरीचन्द ठकुरीले चिनी मिल सञ्चालक सरकारले तोकअनुसार प्रतिक्वीन्टल चार सय ७१ रुपैँया २८ पैँसा दिन सहमत भएको दिनेश खबरलाई जानकारी दिए। उनका अनुसार कमसल खालको उखु भने २० रुपैँया कम अथवा चार सय ५१ म खरिद गर्ने सहमती गरिएको छ।

यसअघि कञ्चनपुरका उखु किसानले सरकारले तोकेको मूल्य पाएका थिएनन्। मन्त्रिपरिषद्को बैठकले चिनी मिलहरुले चार सय ७१ रुपैँया २८ पैँसा र सरकारको अनुदानको ६५ रुपैँया २८ पैँसा समेत  गरी प्रतिक्वीन्टल उखुको खरिद मूल्य प्रति क्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको थियो।

गत बर्ष सरकारले मूल्य निर्धारण गरे पनि सस्तोमा खरिद गरेका चिनी मिलहरुले यस बर्ष पनि सरकारले निर्धारण गरेको मूल्य पाउनेमा किसानहरुले आशंका व्यक्त गर्दै आएका थिए। 
 
 

कमेन्ट लोड गर्नुस