सुदूर नेपाललाई विश्वसँग जोड्दै

उखु किसानका समस्या चाँडै समाधान हुन्छ : उद्योगमन्त्री भट्ट

२०७६ माघ ९, १०:४४

डडेल्धुरा: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानका समस्या चाँडै समाधान गरिने बताएका छन्।  डडेल्धुरामा आज आयोजित कार्यक्रमा उनले भने, “चार/पाँच वर्ष अघिदेखिको उखु किसानका समस्या थियो, त्यो अहिले  ८०–९० प्रतिशत समाधान भएको छ।” 

अनुदानको रकम हालसम्म सरकाले ७० प्रतिशत भुक्तानी गरिसकेको र केही दिनभित्र यो समस्या पनि समाधान गरिने उनले बताए। उद्योग मन्त्रालयका अनुसार ठूलो चिनी उद्योग अन्नपूर्ण चिनी उद्योगले किसानलाई ४० करोड भुक्तानी दिन बाँकी छ। यसैगरी लुम्बिनी चिनी उद्योगले  १० करोड ७४ लाख र इन्दिरा चिनी उद्योगले  ११ करोड २२ लाख भुक्तानी दिन बाँकी  छ। 

कमेन्ट लोड गर्नुस