सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एमसिसी र सूचना प्रविधि विधेयक विरुद्धमा प्रधानमन्त्रीसहित शिर्ष नेताको पुतला दहन

२०७६ माघ ९, ०९:५६ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र सूचना विधेयकको विरुद्धमा प्रधानमन्त्री केपीशर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष प्रचण्ड  र नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको पुतला दहन गरिएको छ।

एमसिसी नेपालको स्वाधीनताको विरुद्धमा भएको तथा सरकारले अघि सारेको सूचना प्रविधिका विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै दुवैको खारेजीको माग राखेर स्थानीय युवाहरुले पुतला दहन गरेका हुन। 

बुधबार युवाहरूको समुहले सरकारद्वारा आम नागरिकका स्वतन्त्रता र अधिकार कुण्ठित पार्ने काम भइरहेको र नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसिसी अगाडि सारेको भन्दै डडेल्धुरा सदरमुकाममा मोटरसाइकल र्याली र पुतला दहन गरेका हुन। 

एमसिसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसद्बाट पारित भएर लागू भए नेपालको स्वाधीनता समाप्त हुने र चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसिसी आएको भन्दै खारेज हुनुपर्ने प्रर्दशनमा सहभागी युवा लाल विकले बताए।

‘भारतीय बिस्तारवाद मुर्दावाद, एमसिसी सम्झौता खारेज गर, सूचना विधेयक खारेज गर’ लगायका नारा लगाउँदै युवाहरूले सदरमुकाम बागबजार क्षेत्रमा नेपालको झण्डासहित प्रदर्शन गरेकाे रमेश मालीले बताए।  

 

 

 

 

कमेन्ट लोड गर्नुस