सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा दृष्टि फाउण्डेनलाई सहयोग

२०७६ माघ ९, ०७:५८ खबर संवाददाता

धनगढी: समाजिक संस्था हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिम आपतकालीन असहाय सहयोग कोषकी सदस्य कस्मिर साउँदको जन्मोत्सव मनाईएको छ। साउँदको जन्मोत्सव आज धनगढी स्थित दृष्टि फाउण्डेसनमा आश्रित असहाय एवंम् मनोरोगीहरुसँग मनाईएको हो।
जन्मदिनको अवसरमा दृष्टि फाउण्डेसनमा आश्रित असहाय तथा मनोरोगीलाई सहयोगार्थ खाद्यान्न तरकारीले लगायत दैनिक आवश्यकताका सामान समेत हस्तान्तरण गरिएको छ। चामल, दाल, आलु,काउली ,साबुन, सर्फ,बिस्कुट,स्याम्फु ,मसला लगायतका समाग्री हस्तान्तरण गरिएको हेल्प फोर ह्पाप्पीनेसले जनाएको छ।

जन्मोत्सव कार्यक्रममा हेल्प फर ह्यप्पिनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारी, एच एफ एच इमर्जेन्सी मेडिकल टिमका दृष्टि विशेषज्ञ डा.युवराज जोशी,आपतकालीन असहाय सहयोग कोषका सदस्यहरु अभिलाषा भण्डारी, लक्ष्मी अवस्थी, सिर्जना जोशी, अरोही दहाल,लक्ष्मी भण्डारी ,कमल पनेरु, आशिष केसी, सन्तोश मगर, अभिसेक श्रेस्ठ लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रममा दृष्टिफाउण्डेसनका तर्फबाट बोल्दै व्यवस्थापक चन्द्रा तिरुवाले हेल्प फोर ह्याप्पीनेस टिमले निरन्तर साथ र सहयोग गरेको प्रति धन्यावाद दिँदै अगामी दिनमा पनि सहयोगको अपेक्षा गरिन्।

त्यस्तै टिमकि आर्थिक कोष सदस्य अभिलाषा भण्डारीले पनि मानविय सेवा र सहयोगका लागि नै संस्था स्थापना गरिएको र आगामी दिनमा पनि यसरी असहायहरु लाई सहयोग गरि जन्मदिन मनाउने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्‍याएकि थिइन।

कमेन्ट लोड गर्नुस