सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा गौरवका सडकको निर्माण अझै अलपत्र

चिसापानी-जंगलघाट सडक
चिसापानी-जंगलघाट सडक
२०७६ माघ ९, ०४:१० रोशन भट्ट

सुदूरपश्चिम प्रदेश सरकारले तोकेका गौरवका सडकहरुको निर्माण कार्य लामो समयदेखि अलपत्र परेको छ। गत वर्ष नै सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेका गौरवका सडकहरुको निर्माण कार्य अहिले सम्म पनि अलपत्र परेको हो।

प्रदेश सरकारले कैलालीको भजनी–छोटी भन्सार ठुलीगाड सडक, कञ्चनपुरको बेलौरी कलुवापुर नाईल बुडर, डोटीको सहजपुर बोकटान दिपायल सडक, डडेल्धुरा दैजी, पोखरा, ढुङगाड, बझाङ सडक, बैतडीको सदबाज–श्रीभावर–हाट–दार्चुला सडक, बझाङको दिपायल साईपाल सडक, दार्चुलाको देथला–खार–खलङगा–खण्डेश्वरी सडकलाई गौरवका सडकका रुपमा निर्माण गर्ने घोषणा भएको थियो।

यस्तै अछामको चिसापानी जंगलघाट–तुर्माखाद–गैरीटाड–कालागाउँ–जयगढ–नन्देगडा हुँदै बडिमालिका जोड्ने सडक र बाजुराको खप्तड–मार्तडी सडकलाई गौरवको योजनमा समवेस गरिएको छ। प्रदेश गौरवका सडक घोषण गरेको दोस्रो अर्थिक वर्षको ६ महिना पुरा हुदापनि निर्माण सुरु हुन सकेको छैन्। पुर्वाधार कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले भने चालु आर्थिक बर्षदेखि सडक योजनाको कामले तिव्रता पाउने दावी गरे। 

यता प्रदेशको भौतिक पुर्वाधार ििवकास मन्त्राल मातहतको पुर्वाधार विकास कार्यालय कैलालीले निर्माण गर्ने जिम्मा पाएको भजनी–छोटी भन्सार ठुलीगाड सडकको डिपिआर अझै बनेको छैन्। चालु आर्थीक वर्षमा मात्रै उक्त सडकका लागि तीन करोड बजेट आएको छ।

तर आउदो वैशाख भन्दा अगाडी निर्माण सुरु नहुने देखिएको छ। ठेक्का सम्झौता गर्नु भन्दा अगाडीका धेरै प्रक्रियाहरु बाँकी रहेका कारण समय लाग्ने देखिएको पुर्वाधार कार्यालय कैलालीका प्रमुख श्याम खड्काले बताए। 

वहुवर्षे ठेक्का हुने उक्त सडकको डिपआिरले समेत पुर्णता नपाएका कारण अन्य प्रक्रियामा समेत समय लागेको उनको भनाई छ। यो संगै अन्य जिल्लका सडकहरुको अवस्था पनि उस्तै छ। सरोकारवाला निकायको उदासिनताका कारण डिपिआरमा ढिलाई भएको छ भने कतिपय सडकहरुको वातावरणिय प्रभाव मुल्याङ्कन गर्न समेत वाकी रहेको छ। 

भौतिक पुर्वाधार विकास मन्त्रालयका अनुसार नौँ वटा प्रादेशिक सडकहरुका लागि लागि चालु आर्थिक वर्षमा मात्रै ४२ करोड बजेट विनियोजन गरिएको छ। यता सबै योजनाहरुको जिम्मा पाएको सडक निर्देशनालयले भने कतिपय सडकहरुको ठेक्का सम्झौता हुने क्रम सुरु भईसकेको जनाएको छ। चालु चौमासिक भित्रै सबै सडकहरुको ठेक्का सम्झौता गरि निर्माण सुरु गर्ने दावी सडक निर्देशनालयका प्रमुख प्रेमदत्त भट्टको छ।  

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस