सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम : छाउगोठमा बुहारीको मृत्युपछि जेठाजुलाई ४५ दिन कैद

२०७६ माघ ९, ०४:०५ खबर संवाददाता

धनगढी : अछाम जिल्लामा छाउगोठमा बुहारीको मृत्युपछि जेठाजुलाई ४५ दिन कैद सजाय सुनाईएको छ। मंसिर १५ गते जिल्लाको साँफेबगर नगरपालिका वडा नम्वर ३ डिक्रेनी बस्ने २२ बर्षकी पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भएपछि उनका जेठाजु पक्राउ परेका थिए।

मृतकको जैठाजु छत्र रावतलाई अछाम जिल्ला अदालतले १ महिना १५ दिन कैद सजायको फैसला सुनाएको हो। उनी बिरुद्ध भेदभाव तथा अपमानज्य ब्यवहार शिर्षकमा मुद्दा दर्ता भएकोमा अनुसन्धान पश्चात सरकारी वकील कार्यालय अछामबाट अछाम जिल्ला अदालतमा अभियोग दर्ता भएको थियो। उनी पुस १४ गते १५ हजार धरौटीमा छुटेका थिए। 
 

कमेन्ट लोड गर्नुस