सुदूर नेपाललाई विश्वसँग जोड्दै

के हुन्छ नुन बढी खाए ?

२०७६ माघ ८, १०:५७ खबर संवाददाता

नुन सोडियम र क्लोरिन नामका दुई तत्वले बनेको हुन्छ। खाने नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड रहेको हुन्छ । सोडियम शरीरलाई अत्यावश्यक तत्व हो। नुनमा सोडियम भएको कारण हामी शरीरलाई चाहिने सोडियम नुनबाट प्राप्त गर्छौ।
सोडियमले शरीरका कोषहरुको बाहिरी र भित्री भागमा अवस्थित तरल पदार्थको अस्मोटिक प्रेसरलाई सन्तुलित राखी शरीरमा पानीको मात्रा नियन्त्रण गर्न मदत गर्छ।

नुनमा रहेको सोडियमले स्नायूहरूलाई उत्तेजित हुन सहयोग गर्छ भने अम्ल र क्षारको सन्तुलन कायम गर्न पनि मद्दत गर्छ। कोषको स्थिर विद्युत विभव र कार्यगत विद्युत विभव उत्पन्न हुनका लागि पनि सोडियम आवश्यक पर्छ। नुनमा विद्यमान क्लोरिनले शरीरमा हाइड्रोक्लोरिक अम्ल बनाउन मद्दत गर्छ। तर नुन बढी खाएमा स्वास्थ्यमा उल्लेखित असर गर्दछ।

-नुनको बढी सेवनले मस्तिष्क, धमनी र मुटुमा बढी असर गर्छ। शरीरका रसायनमा असन्तुलन आई मानिसको मृत्युसमेत हुन सक्छ। बढी नुनको प्रयोग पक्षाघात (स्ट्रोक) र हृदयाघातको कारण बनिरहेको छ।

-सोडियमको अत्यधिक मात्राले उच्च रक्तचाप निम्त्याउँछ। बुढेसकालमा सोच्ने शक्तिमा समेत ह्रास ल्याउँछ।
शरीरमा सोडियमको मात्रा बढी हुँदा घुँडा र हातखुट्टा सुन्निने समस्या देखा पर्छ।

– प्रशोधित खानेकुरामा प्रयोग गरिने अत्यधिक नुनले पेटमा क्यान्सर हुने सम्भावना रहन्छ।

-उच्च रक्तचापका बिरामीले बढी नुन सेवन गर्दा मिर्गाैलाले शरीरका विषाक्त तत्व हटाउन असमर्थ हुन्छ । परिणामस्वरूप मिर्गाैला बिग्रने सम्भावना रहन्छ।

-उच्च सोडियमले हड्डीको स्वास्थ्यमा पनि प्रतिकूल असर पुग्छ। उच्च सोडिएमको सेवनले पिसाबबाट उच्च मात्रामा क्याल्सियम उत्सर्जन गराउने हुँदा रगतको क्याल्सियम नष्ट हुने र यसको पूर्ति गर्न हड्डीबाट क्याल्सियम रगतमा आउने हुँदा हड्डीहरू चाँडै खिइने गर्छ।

कमेन्ट लोड गर्नुस