सुदूर नेपाललाई विश्वसँग जोड्दै

धेरै कुराहरु लगेर पुलिसलाई डिस्टर्ब गर्नुहुँदैन, आफै झापड हान्दिने हो: दीपक मनाङे

२०७६ माघ ८, ०८:१० खबर संवाददाता

मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप फुटबलको उद्घाटन कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष तथा एन्फा कास्कीका अध्यक्ष गुरुङलाई झापड हानेका दीपक मनाङेले बुधबार पत्रकार सम्मेलन गरेर गुरुङलाई ठगको संज्ञा दिए। 

‘तपाईंको अठार जना बच्चा अलपत्र पर्दा के गर्नुहुन्छ ?’ सञ्चारकर्मीहरुसँग प्रश्न राख्दै उनले भने, ‘मैले एउटा ठगलाई हान्दा यत्रो कुरा ?।’ ठगी गर्नेहरुलाई झापड हान्नुपर्ने उनको भनाई थियो। कास्की एन्फा अध्यक्ष मिलन गुरुङले पैसा नभएको चेक दिएको फोटोकपी पनि उनले पत्रकारहरुलाई बाँडेका थिए। 

सांसद जस्तो मान्छेले झापड हान्दा तपाईंको पदलाई स्वभाव दियो त ? भन्ने प्रश्नमा मनाङले आफूलाई ठिकै लागेको तर्क पेश गरे। ‘तपाईंलाई मन परेन भने त तपाईंको प्रोब्लम हो,’ उनले भने, ‘मलाई त राम्रो लाग्यो।’ ‘धेरै कुराहरु लगेर पुलिसलाई डिस्टर्ब गर्नुहुँदैन, आफै झापड हान्दिने हो’ उनले थपे।

मिलनविरुद्ध पनि आफूले ५० वटा जाहेरी दर्ता गराउँन सक्ने उनले दावी गरे। ‘म विरुद्ध जाहेरी दिने ?’ उनले भने, ‘मैले त्यस्ता जाहेरी त ५० वटा दिन सक्छु।’
 

कमेन्ट लोड गर्नुस