सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको नवदुर्गा गाउँपालिकाको कार्यप्रति असन्तुष्टि जनाउँदै ज्ञापनपत्र

२०७६ माघ ८, ०६:४५ खबर संवाददाता

डडेल्धुरा: नेपाली कांग्रेस नवदुर्गा गाउँपालिका कार्यसमितीले गाउपालिकाको कार्यप्रति असुन्तुष्ट जनाउदै ज्ञापनपत्र बुझाएको छ। नवदुर्गा गाउँपालिकाको कार्यालयले गरिरहेका विकासका काम र विभिन्न क्षेत्रमा गाउँपालिकाले राखेका कर्मचारीहरु नियम संम्वत नभएको भन्दै बुधवार कांग्रेसले ज्ञापनपत्र बुझाएको हो।

नवदुर्गा सरकारले जनताले प्रत्याभुती हुने काम गर्न नसकेको भन्दै नौ बुँदे मागसहित गाउँपालिका अध्यक्ष कविन्द्र विष्टलाई ज्ञापनपत्र दिएको छ। स्थानीय सरकारवाट सम्पादन भएका प्रत्येक कामप्रति जनताको असुन्तुष्टि रहेको कुरा ज्ञापनपत्रमा उल्लेख छ। 

गाउँपालिकाले नेकपाका कार्यकर्ता पृष्ठपोषण हुने र अन्य पार्टीको अस्तित्व नै समाप्त गर्ने क्रियाकलाप र गतिविधी गरिरहेको उल्लेख गर्दै नेपाली कांग्रेस गाउँ कार्यसमिती सभापती रामचन्द्र अवस्थीले हस्थाक्षर गरेको ज्ञापनपत्र अध्यक्ष विष्टलाई बुझाएको नवदुर्गा १ का कांग्रेस सभापती भोजबहादुर साउदले बताए। 

साथै ज्ञापन पत्रमा स्थानिय स्तरमा विनियोजित रकमको पनि चरम दुरपयोग भएको जनाएका छन। योजनाहरु पनि पक्षपात ढगंले व्यक्तिगत रुपमा र पुर्वाग्रही ढगंले वितरण गरेको जनाउँदै नवदुर्गा सरकारले केही सिमित व्यक्ति र नेकपाको मात्रै सरकार भएको अनुभुती भएको कांग्रेस नवदुर्गाको आरोप छ।

माग गरिएको वुदाहरुमा नवदुर्गा सरकारले स्वयंम सेवक शिक्षक भर्ना गर्दा पनि अध्यापन अनुमती पत्र नभएका पार्टिका कार्यकर्ता भर्ना गरेको प्रति असुन्तुष्टि जनाएको कांग्रेस वडा सभापती साउँदले ज्ञापन पत्र पढेर सुनाए।

शिक्षकहरुलाई मनपरी रुपमा सरुवा गरिएको र उनिहरुलाई आतकिंत वातावरणमा पढाउन बाध्य पारिएको आरोप समेत कांग्रेसले गाउँपालिकालाई ज्ञापनपत्र मार्फत लगाएको छ। गाउँपालिकाले लिइरहेको कर पनि चर्को भएकाले जनताले तिर्न सक्नेगरि कर पनि घटाउनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ।

ज्ञापनपत्रमा उल्लेखित बुँदाहरुमा चाडै छलफलगरि अगाडी बढ्ने ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष कविन्द्रले बताए। अन्य शिक्षक र कर्मचारी भर्ना गर्दा नियम सगंत नभएको कुरा प्रमाण र पुष्टि गरेर ल्याए त्यस अनुसार छलफलमा जाने उनले बताए।

नवदुर्गा कांग्रेसले भने आफुले राखेका मागहरुलाई चाडैं समाधान र सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणागरि स्थानीय सरकारको विरुद्धमा उत्रिने चेतावनी ज्ञापनपत्रबाट नै दिएका छन।
 

कमेन्ट लोड गर्नुस