सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरियन वन र मलेसियन रिंगिटको मूल्य घट्यो, अरु मुद्रा बढ्यो

२०७६ माघ ८, १०:४६ खबर संवाददाता

बुधबार कोरियन वन र मलेसियन रिंगिटको भाउ घटेको छ भने अरु सबै विदेशी मुद्राको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११४ रुपैयाँ २३ पैसा तोकेको छ। हिजो खरिददर ११३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०७ पैसा रहेको थियो।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा रहेको छ। हिजो खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा रहेको थियो। कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा तोकेको छ। हिजो खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा थियो।

यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ २२ पैसा रहेको छ। हिजो खरिददर २९५ रुपैयाँ ०९ पैसा रहेको थियो। आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा तोकेको छ। हिजो खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा नै थियो।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ पैसा ०५ पैसा रहेको छ। हिजो खरिददर २७ रुपैयाँ ९४ पैसा र बिक्रीदर २८ पैसा ०९ पैसा रहेको थियो। कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा तोकेको छ। हिजो खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३  पैसा थियो।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ १८ पैसा तोकेको छ। हिजो खरिददर ३७३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६६ पैसा रहेको थियो। बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९९ पैसा तोकेको छ। हिजो खरिददर ३०० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ५७ पैसा थियो।  
 

कमेन्ट लोड गर्नुस