सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्रेकफास्टमा के खाने ?

२०७६ माघ ८, ०८:१८ खबर संवाददाता

ब्रेकफास्टमा लिइने खानेकुरा गलत पर्दा स्वास्थ्यलाई ठूलो नोक्सानी हुन्छ। खाजामा बिस्कुट, कुकिजको प्रयोग गर्नुहुन्छ भने आजैबाट छोडिहाल्नुस्। यसको प्रयोगले फ्याट बढाउनुका साथै पाचन प्रक्रियामा पनि असर र्पुयाउँछ। बरु विकल्पमा फ्याट फ्री अन्डा, चनालगायतको प्रयोग गर्न सक्नुहुन्छ। यस्तो खाजाले तौलसमेत सन्तुलनमा राख्न मद्दत पु¥याउछ।

बिहानको समय कफी पिउँदा भोक मेटिन्छ। तर, यसले स्वास्थ्यमा भने खराब असर र्पुयाउँछ। गर्मीमा कोल्ड कफी पिउने प्रचलन हुन्छ। यसो पनि गर्नु हुँदैन। जुसलाई हामी स्वस्थकर पेय पदार्थका रूपमा लिन्छौँ। तर, ब्रेकफास्टमा कहिल्यै पनि प्याकिङ जुस प्रयोग गर्नु हुँदैन। यस्ता जुसमा चिनीको मात्रा बढी हुन्छ।

यसको प्रयोगले फ्याट र चिनीको मात्रा बढाउँछ। त्यस्तै, सागपातको जुस पनि प्रयोग गर्नु हुँदैन। यसमा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट हुन्छ तर फाइबर र प्रोटिन हुँदैन। यसको विकल्पमा पानी पिउन या सुन्तला खान सक्छौँ। जुन निकै स्वस्थकर मानिन्छ।

तपाईं अन्डा र चिज स्यान्डविच आफैँ तयार गर्न सक्नुहुन्छ। त्यसैले यसलाई ब्रेकफास्ट मेनुमा पनि राख्न सक्नुहुन्छ। यस्तो स्यान्डविचको प्रयोगले असर गर्दैन। तर, फ्रोजन स्यान्डविचमा सोडियम र अस्वस्थकर फ्याट हुन्छ, जसको प्रयोग गर्दा राम्रो हुँदैन। एजेन्सी
 

कमेन्ट लोड गर्नुस