सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलमूत्रले मान्छेको आय, स्वास्थ्य र आहारबारे पनि केही बताउँछ ?

। फोटो स्रोत ।
२०७६ माघ ८, ०६:१६ खबर संवाददाता

अष्ट्रेलियाको ‘वेस्टवाटर’ अर्थात ढलमा फाइबर, क्याफिन, ड्रग्स सम्बन्धी अध्ययन गर्ने क्रममा धनी र गरिब समुदायले सेवन गर्ने खानेकुराबीच ठूलो भिन्नता पाइएको हो। युनिभर्सिटी अफ क्वीन्सल्यान्डको ल्याबमा अष्ट्रेलियाका एक चौथाइ भन्दा धेरै जनसङ्ख्याको मलमूत्रका नमुनाहरु संकलन गरि राखिएको छ। विभिन्न समुदायलको खानपान र औषधि सेवन सम्बन्धी अध्ययन गर्न ती स्याम्पल भेला पारि यस किसिमको पहिलो अध्ययन सञ्चालन गरिएको हो। 

यसमार्फत गरिब र धनी समुदायको जीवनशैलीबारे स्पष्ट जानकारी हासिल गर्न सफल भएको अनुसन्धानकर्ताहरुले बताएका हुन्। यसमा उनीहरुले उच्च सामाजिकआर्थिक क्षेत्रमा फाइबर, सिट्रस र क्याफिन सेवनको मात्रा धेरै रहेको पाएका हुन् भने गरिब समुदायमा चाहिँ रक्तचाप, पेनकिलरलगायतका औषधिको उल्लेखनीय प्रयोग गरिएको पत्ता लगाए। यसरी अनुसन्धानकर्ताले जति सम्पन्न समुदाय त्यति स्वस्थकर डायट हुने लगायतका सबै जानकारी मानव समुदायको मलमूत्रको अध्ययनपछि पत्ता लगाएका हुन्। 

त्यसैले पनि  विभिन्न समुदायका जीवनशैली र खानपानका व्यवहारबारे प्रत्यक्ष डाटा हासिल गर्न र सार्वजानिक स्वास्थ्य नीतिमा सुधार ल्याउन यो तरिका उपयोगी भएको वैज्ञानिकहरुको भनाइ छ। यसअघि युरोप, उत्तर अमेरिका लगायतमा पनि मान्छेले अवैध ड्रग्स लिइरहेको हुन सक्नेबारे पत्ता लगाउन यसरी नै सामुदायिक ढलको अध्ययन गरिएको थियो। त्यस्तै यसले कुनैपनि संक्रमण फैलनु अगाडि नै रोग पत्ता लगाउन पनि मद्दत गर्ने बताइएको छ। 

त्यस्तै कतिपय अवस्थामा मानिसहरुले मोखिक सर्वेक्षणमा सहभागी हुँदा स्वस्थ खानपान सम्बन्धी बढाइचढाइ जानकारी दिने गरेका छन् भने अस्वस्थ खानाका बारेमा कमै बताउने गर्छन्। सो अवस्थामा पनि यो तरिकाले सहि डाटा संकलन गर्नमा मद्दत पुर्याउने बताइएको छ। ढल सर्वेक्षणले दुई समुदायलाई छुट्याउनुका साथै समयसँगै तिनमा देखा परेका परिवर्तनतर्फ पनि केन्द्रित गराउँछ। वास्तवमा ढलमा मान्छेको मलमूत्र मात्र नभएर व्यवसायिक फोहोर जस्तै व्यक्तिगत सफाइका फोहोर पनि मिसिएका हुन्छन् जसले पनि धनी र गरिब समुदायलाई छुट्याउने दैनिक उपभोग्य वस्तुबारे जानकारी प्रदान गर्दछ। 

जस्तै धनी समुदायका ढलमा फाइबर र सिट्रस धेरै भएको डायट बढी पाइएको हो। त्यस्तै तिनको जीवनशैलीमा क्याफीनको पनि उल्लेखनीय मात्रा पत्ता लागेको थियो। यसरी अध्ययनकर्ताहरुले अर्को सेन्ससमा पनि यस किसिमको सर्वेक्षण जारी राख्ने बताएका छन्। बीबीसी
 

कमेन्ट लोड गर्नुस