सुदूर नेपाललाई विश्वसँग जोड्दै

खानासँगै अचार खानुहुन्छ? यी १० कुरा थाहा पाउनुहोस्

२०७६ माघ ८, ०६:०४ खबर संवाददाता

स्वाद बढाउनका लागि हामी धेरैजसो खानासँगै अचार खाने गर्दछौं। विभिन्न स्वादको बोतल वा प्लाष्टिकमा प्याक गरिएको अचार बजारमा छ्याप्छ्याप्ती पाइन्छन्। तर यस्ता अचार खाने बानीका कारण उच्च रक्तचाप, क्यान्सर, हृदयघातजस्ता थुप्रै रोगको खतरा बढ्ने गर्दछ। वास्तवमा अचारमा धेरै नुन हुन्छ।

यस्ता अचार धेरै खाँदा शरिरमा सोडियमको स्तर बढ्ने गर्दछ जसले थुप्रै समस्या निम्त्याउने गर्दछ। नियमित यस्ता अचार खानुका बेफाइदा बारे हामी जानकारी दिँदैछौं। अचारमा सोडियमको मात्रा निकै धेरै हुन्छ जसले शरिरमा क्याल्सियमको मात्रालाई कम गरिदिन्छ। यसले हड्डी कमजोर बनाउँछ जसले अस्टियोपोरोसिसको खतरा बढ्ने गर्दछ।

रक्तचापः
खानामा धेरै अचार समावेश गर्दा शरिरमा सोडियमको मात्रा बढ्ने गर्दछ। यसले उच्च रक्तचापको आशंका बढ्ने गर्दछ।

मुटुः
अचारमा समावेश सोडियमले रक्त संचारलाई बिगार्छ। यसले मुटुको समस्याको आशंका बढ्ने गर्दछ ।

तौल बढाउँछः
अचारमा हुने सोडियमले शरिरमा आइरनको मात्रालाई कम गरिदिन्छ। यस्तो अवस्थामा शरिरमा बोसो बढ्ने गर्दछ।

हृदयघातः
खाना खाँदा धेरै अचार खाँदा रक्त संचार बिग्रने भएकाले यसले दिमागमा नराम्रो असर पुर्याउँछ। यसो हुँदा स्ट्रोकको खतरा बढ्ने गर्दछ।

क्यान्सरः
धेरै अचार खाँदा शरिरमा सोडियमको मात्रा बढ्ने गर्दछ। यसले पेटको क्यान्सर हुने खतरा पनि बढ्ने गर्दछ।

मृगौलाः
अचारमा पाइने सोडियमले क्याल्सियमलाई गलाएर मृगौलासम्म पुर्याउँछ। यसले पत्थरीको समस्या निम्त्याउँछ।

कपाल झर्छः
अचारमा पाइने सोडियमले कपाल झर्ने समस्या निम्त्याउँछ।

पानीको कमीः
अचारमा रहेको सोडियमले शरिरमा पानीको कमी पैदा गरिदिन्छ।

मधुमेहः
गुलियो अचारमा चिनीको मात्रा धेरै हुन्छ। खानामा यसलाई धेरै समावेश गर्दा मधुमेह रोगको प्रबल सम्भावना हुन्छ। एजेन्सी 
 

कमेन्ट लोड गर्नुस