सुदूर नेपाललाई विश्वसँग जोड्दै

अण्डा उसिन्दा नगर्नुहोस् यी गल्ती, यस्तो छ सही तरिका

२०७६ माघ ८, ०५:५१ खबर संवाददाता

अण्डालाई उमाल्दा हामी स–साना गल्ती गर्छौं जसका कारण अण्डा बिचमा नै फुट्ने गर्दछ। यदि केही सजिलो तरिका अपनाए अण्डामा रहेको पोषणलाई पूर्ण सुरक्षित राख्न सक्छौं। 

अण्डा उसिन्नका लागि सबैभन्दा पहिले पानी उमाल्नुहोस् र त्यसमा अण्डा हाल्नुहोस्। यसो गर्दा अण्डा फुट्दैन र पोषक तत्व रहिरहन्छ। अण्डालाई कम आँचमा १० मिनेटसम्म उसिन्दा पर्याप्त हुन्छ। यसो गर्दा अण्डाको पूरा पोषकतत्व पाइन्छ।

अण्डा उम्लिरहेको समयमा नुन हाल्नुहोस्। यसो गर्दा पछि अण्डाको बोक्रा सजिलै निस्कन्छ।

यदि तपाईं हाफ बोइल्ड अण्डा खान चाहनुहुन्छ भने अण्डालाई तीन–चार मिनेट मात्र उमाल्नुहोस्।

यदि तपाईं ‘हार्ड बोइल्ड’ अण्डा खान चाहनुहुन्छ भने अण्डालाई १० मिनेटभन्दा बढि उमाल्नुहोस्।

अण्डालाई उमाल्ने बेला अण्डाल डुब्ने गरी पानी हाल्नुहोस्। पानी कम हुँदा अण्डा फुट्न सक्छ।

अण्डा उमाल्दा यदि अण्डा भाँडामा टाँसियो भने बोक्रामा भेनेगर हाल्नुहोस्। यसले अण्डालाई पूर्ण रुपमा फुट्नबाट जोगाउँछ।

अण्डा उसिने लगत्तै तुरुन्त चिसो पानीमा नहाल्नुहोस्। यसो गर्दा अण्डाको नानीको रंग हल्का हुन्छ र स्वाद पनि मिठो हुँदैन।

अण्डा उसिन्नुभन्दा पहिले यसलाई राम्रोसँग धुनुहोस् ता कि यसको बोक्रामा भएको साल्मोनेला ब्याक्टेरियाको असर पूर्ण रुपमा नष्ट होस्।
 

कमेन्ट लोड गर्नुस