धनगढीमा ब्राउन सुगरसहित २ जना पक्राउ
धनगढीमा: धनगढीमा लागु औषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन्। प्रहरीले आइतबार साझ धनगढीको चटकपुरबाट चेकिङका क्रममा दुवैजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका– ५ बस्ने २१ वर्षीय विराट रावल र टिकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय राजेनद्र रावल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
उनीहरु दुवैमाथी थप अनुसन्धान भइरहेको उनले बताए।