सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम पुगेर मन्त्री ढकालले भने, ‘भीम रावल पद नपाएर विरोधमा उत्रिए’

२०७६ माघ ७, ०६:३४ खबर संवाददाता

डडेल्धुरा: संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एमसिसी र सरकारका कामको विरोध गर्दै आइरहेका नेता भीम रावल ‘पद नपाएर’ विरोधमा उत्रिएको आरोप लगाएका छन् मंगलबार प्रेस संगठन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा रावलप्रति कटाक्ष गर्दै मन्त्री ढकालले उनको विरोधले विपक्षी दललाई राहत पुगेको बताए।

‘अलिअलि पद अवसर नपाएका कारण जो ‘कुण्ठा’ हरू कहिलेकाहीँ व्यक्त हुन्छन्। त्यसले हाम्रा (नेकपा) कार्यकर्तालाई भन्दा पनि विपक्षीलाई बाच्नका लागि राहत दिएका छन्।’ उनले भने,‘यस्ता अभिव्यक्तिले पनि समाजमा योगदान नै गरेका छन्।’

नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता देखेर अन्य दलहरू छट्पटाइरहेको उनले बताए। कांग्रेसप्रति लक्षित गर्दै उनले उनीहरूप्रति सहानुभूति राख्न मात्रै सकिने धारण राखे। 
 

कमेन्ट लोड गर्नुस