सुदूर नेपाललाई विश्वसँग जोड्दै

बढ्यो सुनको मूल्य

२०७६ माघ ७, ११:४२ खबर संवाददाता

मंगलबार सुनको मूल्य पुन बढेको छ। आइतबार र सोमबार प्रतितोला ७५ हजारमा स्थिर रहेको सुनको मूल्य मंगलबार तीन सयले बढेको हो। नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार मंगलबारको लागि प्रतितोला सुनको मूल्य ७५ हजार ३ सय कायम भएको छ। यस्तै मंगलबार तेजावी सुन प्रतितोला ७५ हजारमा कारोबार भएको छ।

चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। सोमबार ८ सय ९० मा कारोबार भएको चाँदी सोमबार ८ सय ९५ पुगेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔसं सुनको मूल्य १५ सय ६० अमेरिकी डलर पुगेको छ।
 

कमेन्ट लोड गर्नुस