सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा डोटीका एक युवकको मृत्यु, तीन सन्तान सहित ५ जना सहारा विहिन

२०७६ माघ ७, ११:३८ खबर संवाददाता

भारतको पंजावमा डोटीका एक युवकको मृत्यु भएको छ। केआईसिंङ गाउँपालिका वडा नम्वर ६ फलेडी घर भई हाल रोजगारीको शिलशिलामा पंजाव लुधियानमा रहेका ३५ बर्षीय युवक नवराज जोशीको मृत्यु भएको हो।

तीन दिन अगाडी मात्रै स्वास्थ्यमा समस्या देखिएपछि जोशी पंजाव राज्य अन्तर्गत लुधियाना जिल्ला भित्रको गुरुनानक चेरिटेवल अस्पतालमा भर्ना भएका थिए। उनको सघन उपचार कक्षमा उपचार भईरहेकोमा थप उपचारका लागि अन्यत्र लैजान डाक्टरले सुझाव दिएका थिए।

ईएसआई अस्पतालमा लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो। मुटु सम्बन्धी समस्याका कारण उनको मृत्यु भएको हो। मृतकका आफन्तको सहयोगमा मृतकको शव डोटी पठाईएको छ। मृतक जोशीका बुवाको यसअघि नै मृत्यु भईसकेकोमा बृद्ध आमा, श्रीमती, दुई छोरा र एक छोरी भने सहारा विहिन भएका छन्। 
 

कमेन्ट लोड गर्नुस