सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा प्रहरीले एक दर्जन छाउगोठ भत्कायो

२०७६ माघ ६, ०७:३८ खबर संवाददाता

डडेल्धुरा: प्रहरीले डडेल्धुरामा एक दर्जन छाउगोठ भत्काएको छ। जिल्लाको आलिताल गाउँपालिका – ७ बलौचा र चिनिगौडा टोलमा रहेका १२ वटा छाउगोठ भत्काइएका हुन। 

सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत छाउगोठहरु भत्काउने अभियानका क्रममा टालेवासीले प्रयोग गर्दै आइरहेका छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक  दधिराम न्यौपानेले बताए।

प्रहरी चौकी आलीताल डडेल्धुराका प्रहरी सहायक निरीक्षक कोमलप्रशाद जोशीको टोलीले आलीताल– ६ का जनप्रतिनिधीहरु, आमा समुह र स्थानीयको सहभागितामा ती छाउगोठ भत्काइएको उनले बताए। 

प्रहरीले छाउगोठ भत्काउनुका साथै छाउपडी कुप्रथा सम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत संचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

कमेन्ट लोड गर्नुस