सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल बास्केटवल लिगका लागि सुदूरपश्चिमको टीम छनोट

२०७६ माघ ६, ०६:४४ खबर संवाददाता

नेपाल बास्केटवल लिग वेष्टका लागि सुदूरपश्चिमको टीम छनोट भएको छ। आज धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा आयोजना भएको खेलमा विजयी भएको टाईम्स क्लव र उपविजेता भएको सुदूरपश्चिम फाउण्डेसन, नेपाल बास्केटवल लिग वेष्टका लागि छनोट भएका हन्।

दुवै टीमले सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै धनगढीको नामबाट पोखरामा हुने नेपाल बास्केटवल लिग वेष्टको फाईनल खेल्नेछन्। धनगढीमा भएको छनोट खेलमा १० वटाको टीमको सहभागिता रहेको थियो। प्रतियोगिता डवल ईलिमिनेसन फर्मेटमा खेलाईएको थियो।

कमेन्ट लोड गर्नुस