सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने

२०७६ माघ ६, ०६:०७

लोकेश जोशी, धनगढी : धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ। कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कैलाली जिल्ला क्रिकेट क्लवको व्यवस्थापनमा माघ १० गतेदेखि १७ गतेसम्म धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको हो। 

आयोजक कैलाली जिल्ला खेलकुद विकास समितिले आज पत्रकार सम्मेलन गर्दै क्रिकेट प्रतियोगितामा सहभागी हुने टीम र टीमहरुको जर्सी समेत सार्वजनिक गरेको छ। सहभागी ८ विद्यालयका टीमका लागि विभिन्न ८ वटा व्यवसायिक संस्थाले जर्सी प्रायोजन गरेका छन्। 

व्यवसायिक क्रिकेट प्रतियोगिताहरु भईरहेको अवस्थामा महिला क्रिकेटको जग बलियो बनाउनका लागि विद्यालय तहका महिला खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्नलाई प्रतियोगिता आयोजना गरिएको कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए। उनले विद्यालय स्तरीय प्रतियोगिताको माध्यमले महिला खेलाडीहरुसँग भएको क्षमतालाई पहिलचान गर्दै आगामी दिनमा प्रशिक्षणको व्यवस्था समेत गरिने बताए।  

प्रतियोगितामा सहभागी व्रोडभिजन एकेडेमीलाई माया मेट्रो हस्पिटल, एरिष्टो ईङलिस स्कुललाई निसर्ग हस्पिटल, त्रिभुवन माविलाई एडभेन्चर वेष्ट होलिडेज र राष्ट्रिय तुलसीराम माविलाई केटिएम डुकले जर्सी प्रायोजन गरेका छन्।

त्यसैगरी शारदा माविलाई सुदुरपश्चिमाञ्चल एकेडेमी, लिटल फ्लावर स्कुललाई ड्रिम एजुकेशन कन्सल्टेन्सी, क्यास्पीयन एकेडेमीलाई कैलाली अस्पताल र धनगढी नमूना माविलाई रैका टुर्स एण्ड ट्राभल्सले प्रायोजन गरेका छन्। लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता संघीय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा हुने आयोजकले जनाएको छ। प्रतियोगिता आयोजनाका लागि झण्डै एक लाख खर्च हुने अनुमान गरिएको छ। 

कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाबुराजा श्रेष्ठको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम बिष्ट, सुदुरपश्चिम प्रादेशिक खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्ल, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टोपबहादुर बिष्ट लगायतको सहभागीता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस