‘मुख्यमन्त्री सालिन बढि, मन्त्री बिना लगामका घोडा’
सुदूरपश्चिमका प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रणवहादुर रावलले प्रदेश सरकारको कार्यशैली प्रति प्रश्न उठाउका छन्। आज भएको प्रदेश सभाको बैठकमा डाक्टर रावलले बजेट कार्यान्वयनमा प्रदेश सरकारले व्यापक अनियमितता गरेको भन्दै प्रश्न उठाउका हुन्।
उनले प्रदेशका विभिन्न मन्त्रालयबाट सामान खरिदमा समेत व्यापक अनियमितता भएको आरोप लगाए। उनले एम्बुलेन्स र अल्ट्रासाउण्ड खरिदमा समेत अनियमितता भएको बताउँदै दोषीलाई कारवाही हुनुपर्ने माग गरे।
रावलले प्रदेशका मन्त्रीहरुलाई लगाम बिनाका घोडाको संज्ञा दिएका छन्। उनले भने– ‘मुख्यमन्त्री बढि सालिन भए, मुख्यमन्त्रीबाट मार्गनिर्देशन समेत हुन सकेन्। कतिपय मन्त्री त बिना लगामका घोडा जस्तै भएका छन्।’
आजको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्य रावलसंगै तारालामा तामाङ र मालामती रानाले पनि संम्वोधन गरेका थिए।