सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संघिय सरकारले जडान गरेका सौर्य बत्ती १ वर्ष नबित्दै बिग्रिए

२०७६ माघ ६, ०९:०२ भुवन भट्ट

धनगढीमा शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाइले जडान गरेका सौर्य बत्ती एक वर्ष नबित्दै बिग्रिएका छन्। संघिय आयोजना कार्यान्वयन ईकाइले लोडसेडिङको समस्यालाई मध्यनजर गर्दै जडान गरेका सौर्य बत्ती एक वर्ष नपुग्दै बिग्रिएका हुन्।

कतिपय बत्ती त जडान गरेको केही दिनमै बिग्रीएको गुनासो गरिएको छ। उपमहानगरपालिकाको वडा नम्बर १८ फुलबारी बहुमुखी क्याम्पस नजिक पसल थापेर बसेका व्यापारी पर्शुराम गौतमले रातीको समयमा उज्यालोका लागि जडान गरीएका बत्ती केही दिन नबित्दै बिग्रिदा समस्या भएको बताए।

उनले बत्ती बिग्रिएपछि अहिले क्यापस रोड अध्यारो भएको बताए। बिग्रिएपछि मर्मत सम्भार गरिएपनि बत्ती नबलेको उनको गुनासो छ।  छोटो समयमै बिग्रिएपछि क्याम्पस रोडमा जडान गरिएका सौर्य बत्ती कमसल खालका भएकोे आरोप  पनि स्थानीयले लगाएका छन्।

सस्तो खालका बत्ती जडान गर्दै बिग्रिएका तर मर्मतमा भने चासो नै नदिएको स्थानिय दिलबहादुर दवाडीले गुनासो गरे। यता शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाई धनगढीले भने नगरका विभिन्न क्षेत्रमा जडान गरिएका सौर्य बत्ती कमसल खालका नभएको दावी गरेको छ। 

शहरी विकास तथा संघिय आयोजना कार्यान्वयन ईकाइका सूचना अधिकारी श्यामचन्द्र बुढाथोकीका अनुसार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित बस पार्क र वडा नम्बर १८ को बेहडाबाबा फुलबारी उर्वा पथरीया आयोजना अन्तरगत फुलबारीमा गरी २१ सौर्य बत्ती जडान गरिएका छन्।

बत्ती सौर्य बत्तीको एक लाख पाँच  हजार बढी मुल्य परेको उनले बताए। तर कहि खराब भएका सुन्नमा आएपनि  मर्मत सम्भार गर्न भने  नसकिएको कार्यालयले स्वीकार गरेको छ। 

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस