सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनएमबी बैंक सुदूरपश्चिम प्रदेश कार्यालयको उद्धघाटन

२०७६ माघ ५, ०७:२१ खबर संवाददाता

धनगढी: एनएमबी बैंक सुदूरपश्चिम प्रदेश कार्यालयको उद्धघाटन गरिएको छ। आइतवार एक औपचारिक कार्यक्रमकाबिच बैंकको प्रदेश कार्यालयको उद्धघाटन गरिएको हो।

उप–महानगरपालिकाको वडा नम्बर ३ चौराहामा बैंकको प्रदेश कार्यालय आजबाट संञ्चालनमा आएको एनएमबी बैंकले जनाएको छ। 

धनगढीकै बसपार्क नजिक रहेको धनगढी शाखालाई पनि प्रदेश कार्यालयकै भवनमा सारिएको बैंकका शाखा व्यवस्थापक रमेश भट्टले बताए। उक्त भवनबाट विगत देखिनै काम सुरु गरिएको भएपनि औपचारीक रुपमा आज उद्धघाटन गरिएको उनले बताए।

एनएमबी बैंकको सुदूरपश्चिम प्रदेश र धनगढी शाखा कार्यालयको उद्धघाटन वोर्डका निर्देशक प्रदिपराज पण्डेय, राजेन्द्र काफ्ले र बैंककै सिइओ सुनिल केसीले संयुक्त रुपमा गरेका हुन्।  
 

कमेन्ट लोड गर्नुस