सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुमारी बैँक अत्तरिया शाखाद्वारा सडक डिभाइडर सहयोग

२०७६ माघ ५, ०७:०५ खबर संवाददाता

अत्तरिया, कैलाली:  कुमारी बैँक लिमिटेडको अत्तरिया शाखाले रोड डिभाईडर सहयोग गरेको छ। बैँकको सामाजिक उत्तरदायित्व अन्तरगत प्रदेश ट्राफिक प्रहरील कार्यालयाई ४० थान सडक डिभाईडर हस्तान्तरण गरिएको हो। 

बैँकका शाखा प्रवन्धक कृष्णबहादुर पालले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठलाई ४८ हजार बराबरका ४० थान सडक डिभाईडर हस्तान्तरण गरेका हुन्।  

सडक दुर्घटना न्यूनिकरण सहयोगि होस भनेर डिभाईडर सहयोग गरिएको बैँकका सम्वन्द प्रवन्धक पवन आर्चायले बताए। 

बैंकले आगामी दिनमापनि सामाजिक उत्तरदायत्व कार्यक्रमहरु गर्दै जाने निर्देशक पालले बताए। हाल बैंकको देशभरीमा १ सय २० शाखा, ६  एक्टेन्सन काउन्टर र एक सय १६ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ। 

कमेन्ट लोड गर्नुस