सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा डिउटीमा रहेका प्रहरीमाथी हातपात गर्ने पक्राउ

२०७६ माघ ५, ०६:१३ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा डिउटीमा रहेका प्रहरीमाथी हातपात गर्ने पक्राउ परेका छन। शनिबार बेलुकी डिउटीमा रहेका प्रहरी कर्मचारीमाथी गाली गलौच र हातपात गरेको भन्दै प्रहरीले जिल्लाको अमरगढी नगरपालिका– ५ बस्ने अन्दाजी २३ वर्षीय महेश भट्टलाई पक्राउ गरेको हो। 

उनले मादक पदार्थ सेवन गरी जिल्ला सदरमुकामको बागबजारमा डिउटीमा खटिएका प्रहरी माथी हातपात गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक  दधिराम न्यौपानेले बताए।

पक्राउ परेका भट्टमाथी सार्वजनिक शान्ती विरुद्धको कसुुरमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट ६ दिन म्याद थप गरेर आवश्यक कारवाही भईरहेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस