सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली भन्सारले एक करोड बढि मूल्य पर्ने घडी लिलाम गर्दै

२०७६ माघ ५, ०३:५१ खबर संवाददाता

कैलाली भन्सारले एक करोड बढि बजार मूल्य पर्ने १३ वटा घडी लिलाम गर्ने भएको छ। गत साउनमा भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा बरामद गरिएका घडीहरु भन्सार कार्यालयले लिलाम गर्ने तयारी गरेको हो। ती घडीहरुको मूल्य एक करोड बढि रहेको प्रहरीले बताउँदै आएकोे छ। तर प्रहरीको प्रतिवेदनमा भने १३ वटै घडीको मूल्य नौ लाख ७७ हजार पाँच सय मात्र उल्लेख गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले ती घडिहरुको बजार मूल्य एक करोड भन्दा बढि रहेको जानकारी दिए। कैलाली भन्सार कार्यालयका प्रमुख ईश्वरी अर्यालले ती केही दिनमा घडी लिलामको प्रक्रिया सुरु गरिने जानकारी दिए।

उनका अनुसार ती घडीको प्रतिवेदन मूल्य न्यूनतम चार हजार देखि दुई लाख ५० हजार सम्म तय गरिएको छ। लिलामीमा राखिने भनिएका मध्ये पाँच वटा घडी भने नचल्ने रहेका छन्। प्रहरीले गत साउनमा कैलाली कारागारबाट फरार गोदावरी नगरपालिकाको ओलानीका देवसिंह ठकुरीकी पत्नी सहितका तीन जनाबाट भन्सार छली गरेर ल्याउदै गरेको अवस्थामा ती घडि बरामद गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस