सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनकाे मुल्य प्रतितोला ७५ हजार पुग्यो

२०७६ माघ ५, ०१:५७ खबर संवाददाता

सुनको मूल्य बढेर प्रतितोला ७५ हजार पुगेको छ। सुनचाँदी व्यावसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य २ सयले बढेर ७५ हजार पुगेको हो। शुक्रबार सुनको मूल्य ७४ हजार ८ सय थियो। यस्तै तेजावी सुनको मूल्य पनि बढेको छ। आइतबार तेजावी सुनको मूल्य ७४ हजार ७ सय कायम भएको छ।

चाँदीको मूल्य भने स्थिर रहको छ। आजको लागि प्रतितोला चाँदीको मूल्य ८ सय ९० रुपैयाँमा कारोबार भएको छ। अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढेको हो। तर, आइतबार अन्तराष्ट्रिय बजार भने बन्द छ। बजार बन्द हुनुअघि अन्तराष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १५ सय ५७ अमेरिकी डलर थियो।
 

कमेन्ट लोड गर्नुस