सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रोबोटिक्स प्रतियोगिता हुदै

२०७६ माघ ५, ०८:४१ खबर संवाददाता

धनगढीमा रोबोटिक्स प्रतियोगिता हुने भएको छ। माघ ९ र १० गते धनगढी रंगशालामा सुदूरपश्चिमाञ्चल रोबोटिक्स प्रतियोगिता (मिनि यन्त्र) हुने भएको हो।

आयोजक रोबोटिक्स एशोसियसन अफ फारवेष्टले दाताहरुको सहयोगमा प्रतियोगिता गर्न लागेको जनाएको छ। विद्यार्थीहरुले रोबोट मार्फत गर्ने प्रतियोगितामा छ विधा अन्तरगत प्रतिस्पर्धा गराईनेछ। ड्रोन रेस, रोबोट रेस, रोबोट ब्याटल, रोबोटिङ फुटबल, लायन फलोर र डिजायन च्यालेन्जमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। प्रतियोगितामा कैलालीको धनगढी, अत्तरिया तथा कञ्चनपुरको महेन्द्रनगर र पुर्नवास क्षेत्रका दुई सय विद्यालयका ेसहभागिता रहनेछ। ड्रोन रेसमा तीन–तीन जनाको समुहको सहभागिता रहनेछ।

प्रत्येक समुहले रोबोट ल्याउनुपर्ने छ। ड्रोनलाई सबै भन्दा दुरी पार गर्ने समूह विजेता हुने छ। प्रतियोगिताको प्रवेश शुल्क एक हजार निर्धारण गरिएको छ। रोबोट रेसका लागि विद्यार्थी आफैले रोबोट निर्माण गर्न सक्नेछन्। तर गुड्ने रोबोट निर्माण गर्नुपर्ने हुन्छ। प्रतियोगितामा सबै भन्दा बढि दौड्ने रोबोट विजयी हुनेछ। उनीहरुले प्रती समूह पाँच सय शुल्क तिर्नुपर्ने छ। रोबोट ब्याटल प्रतिस्पर्धामा गोलो रिङ बाहिर फाल्न सक्ने रोबोटको समूह विजेता हुनेछ। रोबोट ब्याटलका लागि पनि पाँच सय शुल्क निर्धारण गरिएको छ। रोबोट फुटबलका लागि तीन रोबोट आवश्यक पर्ने हुन्छ।

तीनमा एक गोलरक्षक हुनेछ। १८-१२ फिटको मैदानमा रोबोट बिच फुटबल खेलाईने छ। सबै भन्दा बढि गोल गर्न सक्ने विद्यार्थीको समुह विजेता हुनेछ। रोबोट फुटबलमा सहभागिताका लागि पनि प्रवेश शुल्क एक हजार तोकिएको छ। लायन फलोर रोबोट प्रतियोगिताका लागि पाँच शुल्क तिुर्नपर्ने छ। यो प्रतियोगितामा विद्यार्थीले रोबोट सुचारु राख्नुपर्ने छ। प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई नगद तथा काठमाडौँमा हुने अन्तराष्ट्रिय रोबोटिङ प्रतियोगितामा निःशुल्क सहभागिताका लागि अवसर प्रदान हुने छ। काठमाडौँमा माघ १७ र १८ गते अन्तराष्ट्रिय रोबोटिङ प्रतियोगिता हुदैछ।

धनगढी रंगशालामा हुने प्रतियोगितामा प्रदेश निःशुल्क हुने आयोजकले जनाएको छ। गत वर्ष पनि युएनडिपीको सहयोगमा प्रतियोगिता भएको थियो। विभिन्न विद्यालयका विद्यार्थीहरुले ड्रोन र रिर्मोटबाट चल्ने कार समेत बनाएर प्रदर्शनीमा राखेका थिए। प्रतियोगितामा विभिन्न विद्यालयका १८ बर्ष मुनिका विद्यार्थीहरुले भाग लिएका थिए।

 

कमेन्ट लोड गर्नुस