सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका स्थानीय तहमा भ्रमण वर्ष विषेश कार्यक्रम घोषणामै सीमित

फोटोमा डडेल्धुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल उग्रतारा मन्दिर
फोटोमा डडेल्धुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल उग्रतारा मन्दिर
२०७६ माघ ५, ०८:०७ रोशन भट्ट

सुदूरपश्चिम सरकारले भ्रमण वर्ष लक्षित पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउन नसकेका बेला स्थानीय तहको अवस्था पनि उस्तै देखिएको छ। ८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिममा भ्रमण वर्ष सुरु भएको १८ दिन भईसक्दा पनि प्रवद्र्धनात्मक कार्यक्रम नल्याएको पाईएको हो।

विशेष कार्यक्रम घोषणा गरेका स्थानीय तहले पनि कार्यान्वयन गर्न नसक्दा घोषणमै सीमित भएका छन्। सुदूरपश्चिमकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल उग्रतारा मन्दिर, अमरगढी किल्ला, घटला थान, रावलतोली गुफा, अमरगढी पार्क लगायतका झण्डै आधा दर्जन पर्यटकीय स्थल रहेको डडेल्धुराको अमरगढी नगरपालिकाले भ्रमण वर्ष लक्षित गर्दै तामझामका साथ घुम्न जाऔँ अमरगढी कार्यक्रम सुरु गरेको थियो।

तर घुम्न जाऔँ अमरगढी कार्यक्रम औपचारिकतामै सीमित भएपछि प्रभावकारीता देखिएको छैन्। तर नगर प्रमुख विपीन ओझा भने प्रचार प्रसार र  पूर्वाधार विकासको काम गरिरहेको दावी गर्दै आएका छन्। पर्यटक भित्र्याउन विभिन्न कार्यक्रहरु घोषणा गरेको डडेल्धुराकै अजयमेरु गाउँपालिकाले निरन्तरता दिन सकेको छैन्।

हाफ म्याराथुन प्रतियोगिता आयोजना गर्दै भ्रमण वर्षको सुरुवात गाउँपालिकाले त्यसपछि प्रवद्र्धनात्मक कार्यक्रम गर्न सकेको छैन्। गाउँपालिकाका अध्यक्ष उमेश भट्ट भने आफूहरुले भ्रमण वर्षका अवसरमा क्याम्प फायर गरेर गर्न सकिन्छ भन्ने देखाउन सफल भएको बताउँछन्।

उनले अन्य निकायले पनि अजयमेरुमा आएर क्याम्प फायर गर्न सक्ने जनाए। अहिले सुदूरपश्चिमकाका अधिकासं स्थानीय तहहरुले पर्यटकीय क्षेत्रमा पुर्वाधार निर्माणमा जुटेको दावी गर्दै आएका छन्। भ्रमण वर्ष सुरु भऐपछि पुर्वाधार निर्माणमा जुटेका स्थानीय तहहरुले पर्यटक भित्र्याउन भने ध्यान दिएका छैनन्।

आफ्नो पालिका स्तरमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्न समेत स्थानीय तह असफल भएका छन्। पर्यटनमा मात्रै वर्षेनी लाखौ बजेट खर्च गर्ने पालिकाहरु समेत आफ्ना पर्यटकीय गन्तव्य पहिचान समेत गर्न सकेका छैन्।

भ्रमण वर्ष सुरु हुनु भन्दा केही अगाडी यस क्षेत्रका स्थानीय तहहरुले पर्यटकीय स्थलको प्रचार प्रसार, पूर्वाधार विकासका लगायतका विभिन्न कार्यक्रहरु घोषणा गरेका थिए। तर अहिले आएर ती कार्यक्रम पनि अलपत्र परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिकाकी उपमेयर सुसिला चन्द सिंहले भ्रमण वर्ष लक्षित गर्दै शुक्लाफाटा महोत्सवको आयोजना गरिने बताईन्।

उनले प्रचार प्रसार गर्दै नगरमा बढि भन्दा बढि पर्यटक भित्र्याउने योजना नगरपालिकासंग रहेको जानकारी दिईन्। यता प्रदेशकै एक मात्र उप–महानगरपालिका धनगढीमा पनि शिवपुरी धाम, वेहडाबाबा मन्दिर, जाखौर ताल, भादा गाउँ होम स्टे लगायतका अन्य धार्मिक तथा पर्यटकीय स्थल छन्। यो संगै भारतिय पर्यटक भित्रिने त्रिनगर नाका समेत धनगढी उप–महानगरपालिकामै पर्छ।

तर उप–महानगरपालिका समेत घोषणा गरेका कार्यक्रम संञ्चालन गर्न असफल भएको छ। पर्यटन सूचना केन्द्र स्थापना गर्ने, प्रचार प्रसार गर्दै पर्चा पम्पलेट छाप्ने, धनगढीका विभिन्न स्थानमा फ्रि वईफाई जडान गर्ने लगायतका कार्यक्रम अलपत्र परेका छन्। यसरी सुदूरपश्चिमका अधिकासं स्थानीय तहहरुले भ्रमण वर्ष २०२० लाई लक्षित गरि कुनै कार्यक्रम नै संञ्चालन नगरेको पाईएको छ। घोषणा गरेका कार्यक्रम समेत अलपत्र परेका छन्।   
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस