सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको भालुमारेमा पहिरोले राजमार्ग अवरुद्ध

फाईल फोटो
फाईल फोटो
२०७६ माघ ५, ०७:३० खबर संवाददाता

डडेल्धुराको भालुमारेमा आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ७ को भालुमारेमा आज बिहान ३ बजेतीर सडकमा पहिरोसंगै रुख ढलेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले अवरुद्ध राजमार्ग खुलाउन अमरगढी नगरपालिकाको डोजर भालुमारेतर्फ पठाईएको जानकारी दिए।

उनका अनुसार पहिरो र रुखका कारण सडक पूर्ण रुपमा भने अवरुद्ध भएको छैन्। मोटरसाईकल, जीप, कार लगायतका साना सवारी साधन चलिरहेको भएपनि बस र ट्रक लगायतका ठुला सवारी साधन  सडकमै रोकिएका छन्।

प्रहरीले लगातारको वर्षा र हिमपातपछि पहिरो आएको जनाएको छ। सुदूर पहाडमा यसवर्ष लगातार चौथो पटक फेरी हिमपात भएको छ। 

कमेन्ट लोड गर्नुस