दिनेश ‘फोर व्हिल’लाई दुई उत्कृष्ट अवार्ड
धनगढी: धनगढीमा रहेको दिनेश ‘फोर व्हिल’ लाई दुईवटा अवार्ड प्रदान गरिएको छ। उत्कृष्ट विक्रि र ग्राहक सन्तुष्टि गरी दुई विद्यामा कम्पनिलाई अवार्ड प्रदान गरिएको हो।
नेपालभरीमा ह्युन्डाइको गाडी विक्रिमा उत्कृष्ट काम गरेको भन्दै लक्ष्मी ईन्टकन्टिनेन्टलले उक्त कम्पनीलाई अवार्ड प्रदान गरेको हो। अवार्ड कम्पनीका निर्देशक श्याम हमालले बुझेका थिए।
दिनेश फोर व्हिलले विगत ८ वर्षदेखि सुदूरपश्चिममा सेवा दिँदै आएको छ।