सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्नपूर्ण पदयात्राका सय बढी पर्यटकको हेलिकप्टरबाट उद्धार गरिँदै

२०७६ माघ ४, १२:५१ खबर संवाददाता

अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा शुक्रबार गएको हिउँपहिरो पश्चात हराइरहेका ४ कोरियनसहित ७ जना अझै सम्पर्कविहीन छन। पदमार्गमा रहेको हिउँकु गुफा र देउराली बीचतिर हिउँ पहिरो गएपछि उनीहरू सम्पर्कविहीन भएका थिए।

उनीहरूलाई खोज्नका लागि बिहानै हेलिकप्टर पठाइए पनि नभेटिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए। अहिले अन्नपूर्ण आधार शिविर पदमार्ग अन्तर्गत एबिसी, माछापुच्छ्रे आधार शिविर लगायतका ठाउँबाट पर्यटकको उद्धार भइरहेको छ।

यी ठाउँहरूमा एक सय बढी पर्यटक तथा नेपाली रहेका अन्नपूर्ण ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले बताए। पर्यटकलाई हिउँ पर्ने ठाउँ र खतराजन्य क्षेत्रबाट उद्धार गरेर छोमरोङमा राखिएको छ। वडाध्यक्ष गुरुङका अनुसार कोरियन पर्यटक ९ जनाको समूहमा रहेको र उनीहरू पनि छिन्न भिन्न भएका छन्।

‘उनीहरूले आपसमा सम्पर्क पनि गर्न सकेका छैनन्, गुरुङले भने, साथीहरू कहाँ के अवस्थामा छन् कसैलाई थाहा छैन।’बिहीबारदेखि परेको हिमपातका कारण एबिसी पदमार्गमा अहिले सम्पर्कका कुनै माध्यम चल्न सकेका छैनन्।

हिमपातका कारण पदमार्गमा रहेका लघुजलविद्युत आयोजना बन्द भएको र बिजुली नहुँदा फोन र इन्टरनेटको टावर डाउन भएको वडाध्यक्ष गुरुङले बताए। 
 

कमेन्ट लोड गर्नुस