सुदूर नेपाललाई विश्वसँग जोड्दै

अष्ट्रेलियासँगको दोस्रो एक दिवसीयमा भारत ३६ रनले विजयी

२०७६ माघ ४, ०८:०९ खबर संवाददाता

अष्ट्रेलियासँगको दोश्रो एक दिवसीय क्रिकेटमा भारत ३६ रनले विजयी भएको छ। ३ सय ४१ रनको लक्ष पाएको अष्ट्रेलिया ४९ ओभर १ बलमा ३ सय ४ रनमा अलआउट भयो। योसँगै तीन खेलको श्रृंखला १–१ को बराबरीमा पुगेको छ। 

अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ९८ र मार्नस लाबुशनले ४६ रन बनाए पनि टिमलाई जिताउन सकेनन्। भारतका मोहम्मद सामीले तीन विकेट लिए।

भारतको राजकोटमा टस हारेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४० रन बनाएको थियो। भारतका शिखर धवनले ९६, लोकेश राहुलले ८० र कप्तान कोहलीले ७८ रन बनाए। अष्ट्रेलियाका एडम जाम्पाले तीन विकेट लिए।
 

कमेन्ट लोड गर्नुस