सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशका ट्राफिक प्रमुख, एसपी श्रेष्ठद्धारा असहायलाई सहयोग

फोटो : अग्नी समाचार
फोटो : अग्नी समाचार
२०७६ माघ ३, ०७:२८ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर श्रेष्ठले असहाय परिवारलाई सहयोग गरेका छन्। बझाङ केदारस्युँ गाउँपालिकाको झोतामा विगत ८ वर्षदेखि त्रिपालमा बस्दै आएका सुरेन्द्र दमाईको परिवारलाई प्रहरी उपरिक्षक श्रेष्ठले शुक्रबार खाद्यान्न र लुगा कपडा सहयोग गरेका हुन्।

श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङ मार्फत ५० किलोको एक कठ्ठा चामल, चाउचाउ, पेटी बिस्कुट, चार जोर टाउजर र स्वीटर तथा सिरक र डस्ना वितरण हस्तान्तरण गरेका हुन्।

सञ्चार माध्यममा दमाईको परिवार आर्थिक अभावमा समस्यामा परेको भन्ने खबर पछि आफूले सहयोग समाग्री पठाएर हस्तान्तरण गरेको श्रेष्ठले जानकारी दिए। 
  
 

कमेन्ट लोड गर्नुस