सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुबइमा बस दुर्घटनाः तीन नेपालीको मृत्यु

२०७६ माघ ३, ०६:३३ खबर संवाददाता

दुबईको आबुधाबीस्थित अलराना सडकमा कामदार बोकेको बस दुर्घटनामा मृत्यु हुने तीन नेपाली महिला रहेका छन्।

बिहीबार अलरानाबाट दुबई जाँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो जसमा तीन जना नेपाली रहेको पुष्टि भएको छ।

दुर्घटनामा परी झापाकी ४४ वर्षीया कृष्ण कुमारी अधिकारी, प्युठानकी २४ वर्षीया भावना कुँवर र बाराकी अमिसा मोक्तान तामाङको मृत्यु भएको छ। 

 

कमेन्ट लोड गर्नुस