सुनको मूल्य बढेर तोलाको ७४ हजार ८ सय
केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको सुनको भाउ फेरि बढेको छ। हिजो (बिहीबार) ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (शुक्रबार) तोलामा एक सय रुपैयाँले बढेर ७४ हजार ८ सय पुगेको छ। प्रतितोला ७६ हजार ५ सयसम्म पुगेको सुन घटेर ७४ हजार ७ सय रुपैयाँमा आएको थियो। तर, आज भने बढेर ७४ हजार ८ सय पुगेको छ।
अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको थियो। तर, आज भने फेरि सुनको भाउ बढेको छ।