अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव २ दिनका लागि स्थगीत
कैलालीको अत्तरियामा जारी सुदूपश्चिम प्रादेशिक महोत्सव दुई दिनका लागि स्थगीत भएको छ। आयोजक अत्तरिया उद्योग वाणिज्य संघले वर्षाको कारण महोत्सव दुई दिनका लागि महोत्सव स्थगीत गरेको हो।
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले वर्षाका कारण आज र भोली महोत्सव स्थगीत गरिएको जानकारी दिए। प्रतिकुल मौसमका कारण महोत्सव स्थगीत गरिएको देवकोटाले बताए। आईतबारदेखि भने महोत्सव सञ्चालन हुने देवकोटाले बताए।