सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियामा ६ सय नेपालीको रोजगार गुम्यो

। फोटो स्रोत ।
२०७६ माघ ३, ०७:२५ खबर संवाददाता

मलेसियामा पन्जा उत्पादन कम्पनी डब्लुआरपी एसिया प्यासेफिक एसडिएन बीएचडी आर्थिक रुपमा धराशायी भएपछि झन्डै ६ सय नेपालीसहित १४ सय विदेशी कामदारको रोजगारी गुमेको छ।  अमेरिका भन्सार तथा सीमा सुरक्षा विभाग (सीबीपी) ले सेप्टेम्बर ३० मा डब्लूआरपी कम्पनीले कामदारलाई जबरजस्ती काममा लगाएको तथा श्रमशोषण गरेको दाबी गर्दै उसको उत्पादनमाथि प्रतिबन्ध लगाएको थियो।

अमेरिकी निर्णयपछि आर्थिक संकट उत्पन्न भएसँगैं जनवरी १ देखि कम्पनीले पन्जा उत्पादन गर्न बन्द गरिसकेको छ। कम्पनीले गत वर्ष ७९ दशमलव ५ मिलियन डलर बराबरको ग्लोब निर्यात गरेको थियो। मलेरियन रबर ग्लोब उल्पादन संघका अनुसार मलेसियाबाट मात्रै ६५ प्रतिशत ग्लोब अमेरिकामा निर्यात हुने गर्दछ।

कमेन्ट लोड गर्नुस