सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा भूकम्प सुरक्षा दिवसको अवसरमा डेमो प्रदर्शन

२०७६ माघ २, ०९:३२ खबर संवाददाता

आज माघ २ गते अर्थात् विस १९९० मा महाभूकम्प गएको दिन। यस दिनको स्मरणमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधारM दिगो, सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ आज २२औं भूकम्प सुरक्षा दिवस मनाइंदै छ। यस्तै डडेल्धुरामा पनि बिहीबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले भूकम्पीय जोखिम र सुरक्षाका बारेमा डेमोस्ट्रेसनमआयोजना गरेको छ। 

स्थानीयलाई भुकम्प आउँदा र भूकम्पपछि कसरी सुरक्षित हुन सकिन्छ भन्ने विषयमा सचेत गराउन सो अभ्यासको आयोजना गरिएको थियो। सेना, सशस्त्र, जनपद प्रहरी तथा रेडक्रसकर्मी र स्वास्थ्यकर्मीहरुले डेमो गरेका थिए। 

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भुकम्पको समयमा कसरी सुरक्षित हुन सकिन्छ भन्ने कुरा नागरिकहरुले देखेर नै जानुन् भन्ने उद्देश्यले डेमो आयोजना गरिएको बताए।

कमेन्ट लोड गर्नुस