कैलालीको सुख्खडमा ‘घोडाघोडी सांगीतिक तथा पर्यटन महोत्सव’ सुरु
कैलाली: कैलालीको घोडाघोडी नगरपालिका, सुख्खडमा ‘घोडाघोडी सांगीतिक तथा पर्यटन महोत्सव’ सुरु भएको छ। बुधबार सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले महोत्सवको उद्वघाट्न गरेकी छिन्।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भट्टले घोडाघोडी क्षेत्र प्राकृतिक रुपमा धनी रहेको बताइन्। नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रचारप्रसार आवश्यक रहेको बताउँदै उनले भनीन ‘यो क्षेत्र प्राकृतिक रुपमा धनी छ, यसको संरक्षण र सम्बद्धनका लागि चालु आर्थिक वर्षमै कार्यक्रम सञ्चालन गर्ने छौ।’
घोडाघोडी नगरपालिकामा रहेका पर्यटकिय क्षेत्र घोडाघोडी ताल, चिडिया ताल, नकरोड बुढिया ताल, माघी होमस्टेको प्रचार प्रसारका लागि महोत्सवको आयोजना गरिएको आयोजक घोडाघोडी मिडिया सञ्चार समुहले जनाएको छ। महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ।
माघ १२ गतेसम्म संचालन हुने महोत्सव उद्घघाट्न कार्यक्रममा प्रदेश सभा सदस्य अमर साउँद, रत्न थापा, जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्यबहादुर थापा, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी लगायतको सहभागीता रहेको थियो।
सुख्खड् हेलिप्याड चौरमा सुरु भएको महोत्सवको उद्घाटनमा घोडाघोडी मिडिया सञ्चार समुहका अध्यक्ष हरेन्द्र चौधरीको सभापतित्व रहेको थियो। उद्घाटन कार्यक्रमको संञ्चालन पत्रकार एवं महोत्सव प्रचारप्रसार समितिका संयोजक प्रकाश मिश्रले गरेका थिए।