सुदूर नेपाललाई विश्वसँग जोड्दै

युएईमा १६ जना नेपाली कामदार बोकेको बस दुर्घटना

२०७६ माघ २, ०५:०९ खबर संवाददाता

युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।

नेपाली कामदार बोकेको गाडी दुर्घटना भएकोले मृत्यु नेपाली हुनसक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। तर, मृतकको पहिचना नभएको दूतावसले जनाएको छ।
बसमा सवार २४ जना मध्ये १६ जना नेपाली कामदार रहेको कम्पनीले जनाएको छ। 

नेपाली कामदारको अवस्था र विवरण संकलन गर्न दूतावासका प्रतिनिधि घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेको दूतावासका श्रमकाउन्सुलर भेषबहादुर कार्कीले बताए।

घाइतेहरुको आबुधाबीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घट्नामा परेका नेपाली कामदारको अवस्था बुझ्न दूतावासबाट राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल श्रमकाउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी (पीआरओ) उनीहरु उपचाररत अस्पताल पुगेका छन्।

कमेन्ट लोड गर्नुस