सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाटनको रामेश्वर धाममा स्नान गर्नेको भिड(फोटो फिचर)

२०७६ माघ १, ०९:०५

ललित बोहरा/बैतडी : बैतडीको पाटन नगरपालिका– ६ मा पर्ने रामेश्वर धाममा स्नान गर्ने भक्तजनको पहिलो पटक भिड लागेको छ। नेपाल राष्टका प्रथम एतिहासिक जगद् गुरु श्री विभूसित बालसन्त मोहनशरण देवार्चाय माहाराजले २ बर्ष ९ महिना पैदल भ्रमण गरि यो स्थानमा रामेश्वर जोतिरर्लिङ्ग पवित्र भुमीमा स्थानपना गर्ने आग्रह गरेका थिए।

जसअनुसार यो स्थानमा रामेश्वर मन्दीर निमार्ण गरि जोतिरर्लिङ्ग स्थापना गर्ने ५ दिने स्नान मेलाको नै बुधबारबाट सुरु गरिहेको छ । रामेश्वर धाममा बुधबार माघे संक्रान्तिको दिन बिहानै देखी स्नान गर्नेको घुईचो नै लागेको रामेश्वर धाम मेला व्यबस्थापन समिती संयोजक कमलसिह बोहराले बताए। रामेश्वर धामलाई पबित्र तिर्थ स्थलको रुपमा विकास गर्ने यो बर्ष नै मन्दीर निमार्ण गरेको संयोजक बोहराले बताए।

माघ ५ गते धाममा जगद् गुरु श्री विभूसित बालसन्त मोहनशरण देवार्चाय माहाराजल विशेष प्रवचन गर्ने कार्यक्रम रहेका छ । पाटन बजारबाट ३ किलोमीटर सडक मार्ग र १ किलो मिटर पैदल यात्र गरि त्यहाँ पुग्न सकिन्छ।

सुन्र्या नदिमा यहाँ स्नान गर्ने व्यवस्था गरिहेका छन्। जोतिरर्लिङ्ग स्थापना तथा स्नान मेलाको सुरुको दिन आज जिल्ला समन्वय समितीका प्रमुख शिद्धराज भट्ट, पाटन नगरपाकिाल नगरप्रमुख केशबहादुर चन्द लगायतका जनप्रतिनिधी, राजनिधीक दलका प्रमुख तथा प्रतिनिधी, कर्मचारी तथा स्थानीयहरु सहभागी थिए।

कमेन्ट लोड गर्नुस