सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा कञ्चनपुरका युवक मृत फेला

२०७६ माघ १, ०६:५४ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा कञ्चनपुरका एक युवक मृत फेला परेका छन्। जिल्लाकोे परशुराम नगरपालिका–५ परिगाँउ संगमटोलमा भीमदत्त नगरपालिका–१० कञ्चनपुरका २८ वर्षीय दिपक गिरी मृत फेला परेका हुन। 

परशुराम मेला हेर्न आएका उनी गएराति २ चोटी बेहोस भएका र सामान्य अवस्थामा फर्केपछि स्थानीय अम्मर नाथको घरमा सुताइएको र बिहान ब्युझाउन जाँदा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख प्रहरी निरिक्षक जनकबहादुर मल्लले जानकारी दिए।

मृतकको शवको पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा राखिएको छ।

कमेन्ट लोड गर्नुस