सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा मोटरसाइकल लुट्न खोज्ने कञ्चनपुरका युवक पक्राउ

२०७६ माघ १, ०६:४५ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा मोटरसाइकल लुट्न खोज्ने कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिका–५ परिगाँउमा परशुराम मेला भर्न गएका एक दर्शनार्थीको माटसाइकल लुट्न खोज्ने अरुण नायकलाई पक्राउ गरिएको हो। 

परशुराम नगरपालिका–१० सालघाडीका शेरबहादुर कुँवरको म२प ९४०६ नम्बरको मोटरसाइकल लुट्ने १८ वर्षीय नायकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।

भीमदत्त नगरपालिका–९ कञ्चनपुर घर भएका मोटरसाइकल लुट्न खोज्ने नायकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस