सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ बढ्यो

२०७६ माघ १, ११:३६ खबर संवाददाता

बुधबार सुन तोलामा सात सय रुपैयाँले बढेको छ। बुधबार सुन तोलाको ७४ हजार सात सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। मङ्गलबार आठ सय रुपैयाँ घटेर सुन तोलाको ७४ हजार रुपैयाँ पुगेको थियो। पुस महिनामा सुनको भाउ तोलमा २५ सय रुपैयाँ महँगो भएको थियो।

पहिलो दिन पुस १ गते तोलाको ७१ हजार पाँ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता भने बढ्दै गएर २३ गते गएको बुधबार अहिलेसम्मकै महँगो तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुग्यो। यस्तै चाँदी बुधबार तोलामा पाँच रुपैयाँ घटेर तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। पुस महिनामा चाँदी तोलामा ३० रुपैयाँ बढेको महासङ्घले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस