सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका प्रिन्स दाहाल विश्व वरीयताको ११ औं स्थानमा

२०७६ माघ १, ०७:०६ खबर संवाददाता

नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा छलाङ् मारेका छन्। मंगलवार मात्रै सार्वजनिक नयाँ वरीयतामा दाहाल ११ औं स्थानमा पुगेका हुन्। अघिल्लो साता १४ औं स्थानमा रहेको उनले वरीयता सुधार गरेका हुन्।

यसैसाता काठमाडौंमा सम्पन्न पे्रसिडेन्ट्स कप इन्टरनेसनल सिरिज यू–१९ को फाइनलमा पुगेका दाहालको वरीयतामा सुधार भएको हो। प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरीयता हो। वरीयताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ छन्। दार्चुला घर भएका दाहाल नेपाली ब्याडमिन्टन युवा स्टारको रुपमा परिचित छन्।

उनले दुबई जुनियर ईन्टरनेसनल सिरिजको यू–१५ उमेर समूहमा स्वर्ण पदक जितेका थिए। उमेर समूहमा नेपाली ब्याडमिन्टनलाई अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने उनी नै पहिलो खेलाडी हुन्। प्रेसिडेन्टस कप जुनियर इन्टरनेसनल ब्याडमिन्टन च्याम्पियनसिपमा यू–१५ र यू–१९ मा समेत उनले स्वर्ण पदक जितेका छन्।

साउथ एसियन रिजनल च्याम्पियनसिपमा यू–२१ तर्फ मेन्स डबल्समा रजत पदक जितेका उनले अन्नपूर्ण इन्टरनेसनल ब्याडमिन्टनमा यू–१९ मा स्वर्ण र मेन्स सिंगल्समा पनि रजत पदक जितेका थिए। उनी पहिलो पटक आयोजना भएको सुदूरपश्चिम स्पोर्टस अवार्डमा बर्ष उत्कृष्ट खेलाडी घोषित समेत भएका थिए। 
 

कमेन्ट लोड गर्नुस