सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहुविवाह गर्ने ५३ वर्षीय तिलकप्रसाद कारागार चलान

२०७६ पुष २९, ०९:३२

जिल्ला अदालतले बहुविवाह गर्ने एक जोडीलाई कारागार सजायको फैसला सुनाएको छ। अदालतले  पौवादुङ्मा गाउँपालिका वडा नम्बर  २ तिवारीभञ्ज्याङका ५३ वर्षीय तिलकप्रसाद ढकाल र सोही ठाउँकी २१ वर्षीया मुना धमलालाई जनही एक वर्ष छ महिना कैद र जनही रु १५ हजार जरिवानाको फैसला गरेको हो। 

जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले गरेको फैसलाअनुसार पीडितलाई २० हजार क्षतिपूर्ति पनि भराइएको अदालतका नायब सुब्बा खड्ग भट्टराईले जानकारी दिए।

मुलुकी अपराधसंहिता २०७४ को दफा १७५ को (४) बमोजिम ती जोडीलाई कैद र जरिवानाको सजाय गरिएको हो। उनीहले गत साउन २३ गते विवाह गरेका थिए। 

कमेन्ट लोड गर्नुस