सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोर्चुगलको समुन्द्रमा डुबेर दुई नेपालीकोे मृत्यु

२०७६ पुष २९, ०७:०३

पोर्चुगलको समुन्द्रमा डुबेर दुई नेपालीकोे मृत्यु भएकाे छ। समुन्द्री किनारमा माछा मार्न जाँदा छालले बगाएर दाजुभाइकाे मृत्यु भएको हाे।

मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् । पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए।

दुबै शवको अन्त्यष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भई नसकेको तामाङ समाज पोर्चुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङले बताइन्।
 

कमेन्ट लोड गर्नुस